• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामा नेकपा (एमाले)काे प्यानल बिजयी



काठमाडौं। प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले) का तीलबहादुर बुढाको प्यानल विजयी भएको छ ।

विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकै एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्गबहादुर महरा विजयी हुनुभएको छ ।