६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा उपाध्यक्ष ३ कि ७ ?



अ+ अ-

काठमाडौं । एमालेमा सात उपाध्यक्ष र त्यति नै संख्यामा सचिव बनाउन नेताहरूले सुझाव दिएका छन्।  

केन्द्रीय कमिटीको जारी बैठकमा उपाध्यक्षको संख्या थप्न सुझाव दिइएको हो। उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि छलफल गर्न बनाइएका समूहहरूले उपाध्यक्षको संख्या थप्न सुझाव दिएका हुन्। उपमहासचिव पौडेलको प्रस्तावमा तीन उपाध्यक्ष र ७ सचिवको प्रस्ताव गरिएको छ।  

समूहगत छलफलपछि शनिबार अधिकांश टोली नेताले उपाध्यक्ष बढाउनुपर्ने सुझाव दिएका छन्। प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेशअनुसार उपाध्यक्ष संख्या राख्नुपर्ने सुझाव आएको जानकारी दिए। समूहगत टोली नेताहरूले उपाध्यक्षलाई प्रदेश नेतृत्वको जिम्मेवारी दिन पनि सुझाव दिएका थिए।

नवौं महाधिवशेनदेखि ५ उपाध्यक्षको व्यवस्था गरिएको थियो। पार्टीमा विवादकैबीच अध्यक्ष ओली निकट केन्द्रीय सदस्यहरूको बैठकमा २ र पछि १ थप गरेर तीन उपाध्यक्षको प्रस्ताव गरिएको थियो। 

प्रचार विभाग प्रमुख भट्टराईका अनुसार पार्टीको कुनै पनि कार्यकारी पदमा दुई कार्यकाल मात्र जिम्मेवारी पाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने सुझाव टोली नेताहरूले राखेका छन्।

पार्टीको जिम्मेवारी लिन ७० वर्ष उमेर हद कायम गर्न पनि समूहगत छलफलबाट सुझाव आएको भट्टराईले जानकारी दिए। पार्टीको हालको विधानमा पनि ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्था छ। 

प्रदेश १ को समूहबाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापाले समूहको सुझाव प्रस्तुत गरेका थिए। यस्तै, उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागको तर्फबाट खगराज अधिकारीले सुझाव राखेका थिए।  

युवा सहभागिता नेतृत्वसम्मै 
एमालेमा युवालाई नेतृत्वसम्मै पुर्‍याउनुपर्ने माग पनि चर्को रूपमा उठेको छ। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार प्रत्येक तहमा युवा नेतृत्वलाई उल्लेख रूपमा बढाउनुपर्ने सुझाव आएका छन्। नीति निर्माणदेखि कार्यान्वयन तहसम्म, जनप्रतिनिधिदेखि  नेतृत्वसम्मै  युवाको प्रतिनिधित्व हुनुपर्ने  प्रस्ताव  गरिएको छ। पार्टी बढीभन्दा बढी समावेशी बनाएर राष्ट्रिय चरित्रको पार्टी बनाउनुपर्ने सुझाव पनि टोलीहरूले दिएका छन्। 

सम्पूर्ण ध्यान निर्वाचनमा 
आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीका कामकारबाही अगाडि बढाउनपर्ने सुझाव नेताहरूले राखेका छन्।   

प्रचार विभाग प्रमुख भट्टराईका अनुसार आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसको तयारीमा केन्द्रित हुनुपर्ने सुझाव बैठकमा नेताहरूले राखेका छन्। 

एमसीसीबारे पार्टीको धारणा माग 
केन्द्रीय कमिटी बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा स्पष्ट बनाउनुपर्ने माग उठेको छ। एमालेको राजनीतिक प्रतिवेदन एमसीसीबारे मौन छ। यो समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।