१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा भिसी थापाको सालिक अनावरण



अ+ अ-

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक  अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।

सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गर्नुभएको थियो । समारोहमा दिवङ्गत सेनाका सम्झनामा मौनधारण गरिएको थियो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी सालिक बनाइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा परियोजना प्रारम्भ भए पनि कोभिड महामारीले केही समय लम्बिएको थियो ।  सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले जानकारीदिनुभयो ।

काउन्सिलले वर्षेनी एक पाउण्डमा ९९ वर्षको लागि सालिक बनाउन जग्गा भाडा दिएको थियो भने सालिक मर्मतसम्भार पनि काउन्सिलले नै गर्ने जनाइएको छ । अल्डरसटमा स्थानीय समुदायसँग नेपालीको सुमधुर सम्बन्धको प्रमाणका रूपमा सालिक अनावरण भएको वेलिङटन काउन्सिलर जीव बेल्वासेले बताउनुभयो ।