१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस १४औँ महाअधिवेशन : चार पालिकामा सर्वसम्मत नेतृत्व चयन



अ+ अ-

लमजुङ । नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले  सभापति चयन हुनुभएको हो ।

मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन हुनुभएका उहाँहरु यसअघि पनि सभापति हुनुहुन्थ्यो भने दूधपोखरीका सभापतिमा चयन हुनुभएका गुरुङ जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ ।

यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिर सभापतिमा निर्वाचित हुनुभएको छ । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि  भेटिएपछि मतदान स्थगन गरिएको जनाइएको छ ।