३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा
अ+ अ-

काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा पर्नुभएको छ । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल हुनुभएको हो । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।

ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वल्र्डको सम्पादकीय टिमले जनाएको छ । ‘रेष्ट अफ वल्र्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ ।

‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।

सूचीमा समावेश भएपछि एफ वान सफ्ट गु्रपका अध्यक्ष ढकालले भन्नुभयो, ‘मैले सधैँ मेरो देशमा आमुल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्समार्फत सशक्त बनाइन्छ ।’ ‘रेष्ट अफ वल्र्ड’ले आफ्नो परिकल्पनालाई पहिचान गरेर सूचीमा समावेश गरेकोमा आभार व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘म विश्वस्त छु कि यसले सार्थक परिवर्तन ल्याउन सहयोग गर्नेछ ।’

यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसक्नुभएको छ भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसक्नुभएको छ । ‘रेष्ट अफ वल्र्ड’ सूचीले स्थानीय नवप्रवर्तन र विश्वव्यापी प्रचलनहरू, तिनीहरूका प्रभावहरूबिचको बिन्दुहरू जोड्ने विश्वको बाँकी लक्ष्यलाई प्रतिबिम्बित गर्दछ ।

विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारहरूसँग साझेदारी गर्दै रेष्ट अफ वल्र्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७ सय ५० भन्दा धेरै प्रकाशनहरु प्रकाशित गरिसकेको छ ।

रेष्ट अफ वल्र्डका कार्यकारी सम्पादक अनुप काफ्लेले भन्नुभयो, ‘अहिले सबैभन्दा रोमाञ्चक र नविन आविष्कार पश्चिमा देश बाहिर भइरहेको छ ।’ ‘जुनसुकै क्षेत्रमा पनि उद्यमी बन्न गाह्रो छ । तर उदीयमान अर्थतन्त्रहरुमा केही कुरा निर्माण गर्दा वित्तीय एवं राजनीतिक चुनौती भएपनि ती शक्तिहरुले हिरा बनाउँछन्’ उहाँ भन्नुहुन्छ, ‘हामी विश्वास गर्छौँ कि हाम्रो टोलीले रेष्ट अफ वल्र्डको सूचीका लागि चयन गरेका नेतृत्वहरु छिटो, थप नविन, अधिक विचारशील र नयाँ विचारहरु निर्माण गर्न अग्रसर छन् ।’

रेष्ट अफ वल्र्डले यही मे १२ मा विश्वब्यापी भर्चुअल प्यानल श्रृंखला घोषणा गर्दैछ । २४ घण्टाभित्र विश्वभर फैलिएका तीनवटा छुट्टाछुट्टै प्यानलका सदस्यहरुले प्रभावशाली रोस्टर प्रस्तुत गर्नेछन् र एउटै विषयवस्तुमा छलफल गर्नेछन्, ‘के कतै अब स्थानीय छ ?’ यो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ र रेकर्डिङहरू https://restofworld.org/events/row100/. मा उपलब्ध हुनेछ ।

विश्वास ढकाल एक टेक उद्यमी, आविष्कारक र गतिशिल लगानीकर्ता हुनुहुन्छ । एफवान सफ्ट गु्रपको अध्यक्ष उहाँ एक उद्यमी बन्ने चाहनाले उत्प्रेरित भएर टेक्नोजोजीप्रति लगाव राख्नु भएकै कारण एक उल्लेखनीय यात्रामा हुनुहुन्छ, जुन नेपालका युवाहरुको लागि प्रेरणा हो । विश्वास ढकाल र उहाँका साथीहरुले एफवान सफ्टमा विकास गरेका फिनटेक समाधानहरु देशका हरेक कुनामा पुगेका छन् र आज डेढ करोड भन्दा धेरै मानिसलाई सेवा प्रदान भइरहेको छ । एफवान सफ्ट गु्रपमा एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनी ट्रान्स्फर, एक्स्टेन्सो डाटा जस्ता धेरै नविन कम्पनीहरु समावेश छन् । उहाँले आफ्नो व्यवसायलाई विश्वभर विस्तार गर्ने योजना पनि बनाउनु भएको छ ।

रेष्ट अफ वल्र्ड एक अन्तर्राष्ट्रिय पत्रकारिता गर्ने संस्था हो, जुन पश्चिमी क्षेत्रभन्दा बाहिर अर्थात् अमेरिका र पश्चिमी युरोपबाहिर प्रविधि क्षेत्रमा भएका नवीन समाचार तथा समाचारमुलक कथाहरू समेटेर प्रकाशन गर्न समर्पित छ । यसमा कम्पनी, संस्थापकहरु, राजनीतिज्ञलगायतका स्टोरी, प्रोफाइल तथा समाचारमुलक लेखहरू प्रकाशित हुन्छन् ।