१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट भारतीय महिला अधिकार अभियन्ता कमला भसिनको निधनप्रति दु:ख व्यक्त



विद्यादेवी भण्डारी (फाइल फोटो)
अ+ अ-

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता‚ कवि एवं लेखक कमला भसिनको निधनको खबरबाट स्तब्ध भएको जनाउनु भएको छ ।

भसिनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरर्दै राष्ट्रपति भण्डारीले विशेषगरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चीरस्मरणीय रहने उल्लेख गर्नुभएको छ ।