१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा वडा कार्यालयको निर्माणाधीन शौचालयको प्यासेजमा भेटियो पुरुषको शव



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका- ८ स्थित गोल्फुटारको वडा कार्यालयको निर्माणाधीन शौचालयको प्यासेजमा एक पुरुषको शव फेला परेको छ।

बिहान ९ बजेतिर प्रहरी वृत्त महाराजगन्जको टोलीलाई खबर पुगेपछि प्रहरीको टोली घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार अनुसार शवको पहिचान हुनसकेको छैन।

प्रहरीले घटनास्थलको बारे थप अनुशन्धान भईरहेको बताएको छ । शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।