२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराष्ट्रका हलहरु खुल्दै, ‘सूर्यवंशी’को रिलिज टार्गेट दिवाली



अ+ अ-

एजेन्सी । लामो अन्तरालपछि भारतको महाराष्ट्रका फिल्म हलहरू पुनः सञ्चालनमा आउने भएका छन् ।

शनिबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आउँदो अक्टोबर २२ तारिखदेखि महाराष्ट्रका हलहरू पुनः खोल्न अनुमति दिएका हुन् ।

हल खुल्ने अनुमति पाएसँगै अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ दिवालीमा आउने भएको छ । 

फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘सूर्यवंशी’ दिवालीमा रिलिज हुने बताएका हुन् । 

उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँग भेट गरेको तस्बिर राख्दै लेखेका छन्, "हाम्रो माननीय मुख्यमन्त्री उद्धव ठाकरेलाई २२ अक्टुबरबाट महाराष्ट्रमा सिनेमाघर खुलाएकोमा धन्यवाद । र अन्तमा हामी भन्न सक्छौं, यो दिवाली… आउँदैछ पुलिस ।"

कोरोना महामारीका कारण यो फिल्मको रिलिज मिति कैयौं पटक स्थगित हुँदै आएको छ । यस फिल्ममा अक्षयको अपोजिटमा कटरिना छन् भने रणविर सिंह र अजय देवगन गेस्ट अपिरियन्समा छन् ।