१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराष्ट्रका हलहरु खुल्दै, ‘सूर्यवंशी’को रिलिज टार्गेट दिवाली



अ+ अ-

एजेन्सी । लामो अन्तरालपछि भारतको महाराष्ट्रका फिल्म हलहरू पुनः सञ्चालनमा आउने भएका छन् ।

शनिबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आउँदो अक्टोबर २२ तारिखदेखि महाराष्ट्रका हलहरू पुनः खोल्न अनुमति दिएका हुन् ।

हल खुल्ने अनुमति पाएसँगै अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ दिवालीमा आउने भएको छ । 

फिल्मका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘सूर्यवंशी’ दिवालीमा रिलिज हुने बताएका हुन् । 

उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँग भेट गरेको तस्बिर राख्दै लेखेका छन्, "हाम्रो माननीय मुख्यमन्त्री उद्धव ठाकरेलाई २२ अक्टुबरबाट महाराष्ट्रमा सिनेमाघर खुलाएकोमा धन्यवाद । र अन्तमा हामी भन्न सक्छौं, यो दिवाली… आउँदैछ पुलिस ।"

कोरोना महामारीका कारण यो फिल्मको रिलिज मिति कैयौं पटक स्थगित हुँदै आएको छ । यस फिल्ममा अक्षयको अपोजिटमा कटरिना छन् भने रणविर सिंह र अजय देवगन गेस्ट अपिरियन्समा छन् ।