१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । आइतबार पनि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । दुई दिनदेखि बसेको बैठकलाई एमालेले आज पनि निरन्तरता दिएको हो । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा  समूहगत छलफलपछि नेताहरूले दिएको सुझाव र उठाएको प्रश्नमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन् । 

एमालेको केन्द्रीय कमिटी बैठकमा असोज १५ देखि १७ सम्म आयोजना हुन लागेको प्रथम विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक र विधान संशोधनसम्बन्धी दस्तावेजमा छलफल चलिरहेको बताइएको छ । 

ती दस्तावेजमा छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यहरूको १० वटा समूह बनाइएको थियो । 

शुक्रबारदेखि शुरु भएको बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शनिबार तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए । 

आजको बैठकबाट प्रतिवेदन पारित गरिएपछि यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश गरिनेछ ।