१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्टेन फ्लाइटको अनुभव लिँदै अफ्रिदी



अ+ अ-

काठमाडौं । नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् ।

यति एयरलाइन्सले कोरोना भाइरसको महामारीपछि आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरेको हो ।

काठमाडौंबाट हुने उडानको क्रममा सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई अवलोकन गर्न सकिन्छ ।

यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सञ्चालनमा ल्याएको हो । हरेक आइतबार उडानको मनोरञ्जन लिन सकिनेछ । 

अफ्रिदीले शनिबार काठमाडौं किंग्स इलाभेनबाट ईपीएल खेलेका थिए । जसमा उनको टिम काठमाडौंले ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो । उनले अब एक खेलमात्रै खेलेर पाकिस्तान फिर्ता हुनेछन् ।