१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएलः चितवनद्वारा विराटनगर पराजित



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारिवर्सलाई चितवनले २ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

चितवनलाई जित दिलाउन राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रनको योगदानी दिए । यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । विराटनगरका सिकन्दर राजा र करण केसीले २र२ विकेट लिए भने प्रतिस जिसी, अनिल खरेल र रायन पठानको नाममा १र१ विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेल्दै ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै अनिल शाहले ३२ रन जोडे । चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २र२ विकेट लिए भने शाहब आलमले १ विकेट लिए । जितसँगै चितवन पहिलो खेलमा २ अंक जोड्न सफल रह्यो ।