२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

देशभर काँग्रेसको चुनावी माहोल, पालिकामा देउवाको बर्चस्व बढ्दै

देशभर काँग्रेसको चुनावी माहोल, पालिकामा देउवाको बर्चस्व बढ्दै
अ अ+ अ-

काठमाडौँ । यतिखेर देशैभरि नेपाली काँग्रेसको नगर अधिवेशनको माहोल छ । नेपाली काँग्रेसले हिजो शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ । आज पनि कतिपय स्थानमा मतदान जारी छ ।

केही पालिकामा मतपत्र नै जलाइएको छ भने केही ठाउँमा झडपका कारण मतदान स्थगित गरिएको छ । नेपाली काँग्रेसको पालिका अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । पोखरा महानगरको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन्, उनी रामचन्द्र पौडेल पक्षका हुन् । 

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा पूर्व सांसद कञ्चन वादे श्रेष्ठ पक्षले उठाएका उम्मेद्वारहरुले हारेका छन्, बनेपामा उनले शान्ति रत्न शाक्यलाई सभापतिमा उठाएका थिए ।

बनेपा नगर सभापतिमा महेश कर्माचार्य विजयी भएका छन् भने बेथाञ्चोक गाउँपालिकाको सभापतिमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना आएका छन् । यी दुबै जना केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षका व्यक्ति हुन् । त्यस्तै पनौती नगरपालिको नगर सभापतिमा रामशरण भण्डारी सर्वसम्मत भएका छन् भने नमोबुद्ध नगारपालिकाको निर्वाचनबाट सर्वसम्मत रुपमा कुन्साङ लामा सभापति भएका छन् ।

यसैगरी पाँखाल नगरपालिकाका मेयर महेश खरेलले सञ्जय लामालाई सर्वसम्मत सभापति बनाएका छन् । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं पक्षको टिमले अधिकांश पालिकामा चुनाव जितेको छ । रुपन्देहीका ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए ।

बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन् । वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् । पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी भए । तिलोत्तमा नगरपालिकामा देउवा समूहका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिएका थिए ।

रुपन्देहीकै सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाएका थिए । सिद्धार्थनगरमा देउवा पक्षकै कोसिश खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका हुन् । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी भएका छन् । उनले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् ।

१३ जिल्लाको क्रियाशील सदस्यको विवाद नमिलेका कारण ति जिल्लाको वडा अधिवेशन हुन सकेको छैन, जसमध्ये नेपाली काँग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन । कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन । सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिका एक सदस्यले बताए ।