१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकार समेत रहनु भएका आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उहाँले बताउनु भयो । 

आचार्यले भन्नु भयो, ‘संस्थाका संस्थापक र अग्रजहरुको साथ विश्वभर रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु । विश्वभरी रहनु भएका तपाई सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको अमूल्य आर्शिवाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु । र मैले संकल्प गरेको छु कि तपाई हामी सबैको गैर आवासीय नेपालीहरुको पवित्र मन्दिर गैर आवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु ।’

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौंता गर्ने आश्वासन समेत दिनु भयो ।