• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पत्रकार उमाकान्त पाण्डे रिहा



काठमाडौं । ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइँपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा हुनु भएको छ ।

नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले उहाँको रिहाइका लागि सहयोग गरेका छन् ।

महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो ।

कागजात महासंघलाई उपलब्ध गराउने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाप्रति धन्यवाद । घटनामा संलग्न दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तत्काल कारबाही गरिनुपर्छ । रिहा भएपछि फोन गरेर पाण्डेले महासंघलगायत आफ्नो रिहाइका लागि पहल गर्ने सबै व्यक्ति, संघसंस्थालाई धन्यवाद दिनु भएको छ ।