१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।

आफू कोरोना संक्रमित रहेको र आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन उनले सामाजिक सञ्जालमार्फत् अनुरोध गरेका छन् । 

असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको खड्काले पिसीआर र एन्टिजेन्ट परीक्षण गरेका थिए। परिक्षण गराउँदा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको हो ।