२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचनको सबै तयारी पूरा



अ+ अ-

काठमाडौ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको बिहिबारआयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

स्पष्टीकरण सोध्नेक्रम जारी

निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट मौन अवधि सुरु हुने व्यवस्थाबमोजिम वैशाख २७ गते मध्यराति १२ बजेदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता, २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ ।

यस अवधिमा आचारसंहिताको कार्यान्वयनका लागि नियमित अनुगमन संयन्त्रका साथै निर्वाचन अनुगमन टोलीले पनि काम गरिरहेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त उल्लङ्घनसम्बन्धी सूचनालाई पनि आयोगले जानकारीमा लिइ आवश्यक कार्य गरिरहेको छ ।

आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लङ्घनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने नौवटा सचेत र एक वटा ध्यानाकर्षणको निर्णय भएको आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पत्रकारको प्रश्नको जवाफमा उहाँले मतदान सम्पन्न भई मतपेटिका गणनास्थलमा आइपुगेपछि गणना सुरु हुने र गणस्थलमा सिसी क्यामरा जडान गर्न अधिकांश स्थानमा प्रबन्ध भइसकेको जानकारी दिँदै मतगणना कार्यलाई विश्वासिलो, भरपर्दो, पारदर्शी र स्तरीकृत गर्ने आयोगको तयारी रहेको अवगत गराउनुभयो ।

उहाँले मतगणनाको एकीकृत र नियमित विवरण आयोगको वेब लिङ्कमार्फत सार्वजनिक हुने पनि स्पष्ट पार्नुभयो ।

मतदाता परिचयपत्र खोस्ने नियन्त्रणमा

मतदाता परिचयपत्र खोजी फरार भएका दोलखाको तामाकोसी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई नियन्त्रणमा लिई निर्वाचन कसुरअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ ।

काफ्ले सो वडा कार्यालय भवनस्थित मतदानस्थलमा मतदाता वितरण हुँदै गरेको १२५ थान मतदाता परिचयपत्र सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट खोसी फरार भएकामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चलान गरेको थियो । निज काफ्लेलाई दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन कसुरअन्तर्गत कारबाही चलाउने विषयमा कार्यविधिगत स्पष्टताका लागि आयोगमा आवश्यक प्रक्रिया अघि आग्रह आएको छ ।