१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको व्याख्यात्मक घोषणालाई ध्यानपूर्वक हेरिरहेका छौ: चिनियाँ परराष्ट्र मन्त्रालय



अ+ अ-

बेइजिङ । चीनले एमसीसीको व्याख्यात्मक घोषणालाई ध्यानपूर्वक हेरिरहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता वाङ वनबिनले चीनले नेपालको संसदको सम्बन्धित निर्णय र “व्याख्यात्मक घोषणा पत्र” देखेको, अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक सम्मानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने बताउनु भयो ।

उहाँँले भन्नुभयो  "सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वाशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्‍याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिएको छ ।"

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो " नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारको रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर रुपमा समर्थन रहने छ । "