१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको व्याख्यात्मक घोषणालाई ध्यानपूर्वक हेरिरहेका छौ: चिनियाँ परराष्ट्र मन्त्रालय



अ+ अ-

बेइजिङ । चीनले एमसीसीको व्याख्यात्मक घोषणालाई ध्यानपूर्वक हेरिरहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता वाङ वनबिनले चीनले नेपालको संसदको सम्बन्धित निर्णय र “व्याख्यात्मक घोषणा पत्र” देखेको, अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक सम्मानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने बताउनु भयो ।

उहाँँले भन्नुभयो  "सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वाशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्‍याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिएको छ ।"

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो " नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारको रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर रुपमा समर्थन रहने छ । "