• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

मतपत्र जटिल, मतदाता शिक्षा गाउँमा पुगेन, बदर मत बढ्न सक्ने



काठमाडौँ । यसपालिको मतपत्र झन्झटिलो भएको मतदाताले गुनासो गरेका छन् । यसपालिको मतपत्र पहिलेको तुलनामा निकै नै झन्झटिलो भएको र मत दिन गाह्रो भएको मतदाताहरुको गुनासो बढेको छ । यसपालि नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसले चुनावी गठबन्धन गरेर गएका र जसका कारण एउटै मतपत्रमा पनि कम्तीमा पनि पाँच पार्टीका निर्वाचन चिह्न खोज्नुपर्ने बाध्यता छ ।

पहिले पहिले मतपत्रमा एउटै चिह्न रोज्दा हुनेमा यस पटक भने प्रमुख देखि वडा सदस्यसम्म पाँच पार्टीका उम्मेदबारको चिह्न खोज्नुपर्ने बाध्यता मतदातालाई रहेको छ । जसका कारण मत हाल्न जटिल हुनसक्ने मतदाताको आंकलन छ ।

मतदानका लागि खटेका कर्मचारीहरुले पनि यस्तै गुनासा गरेका छन् । उनीहरुले मतहाल्न सिकाउनै नसकिएको बताएका छन् । निर्वाचनका कर्मचारीले विभिन्न स्थानमा नमूना मतदात गर्ने गरेका थिए । यस्तो नमूना मतदानमा पनि उनीहरुले ठूलो संख्यामा मत बतर भएको पाएका छन् । कुनै कुनै स्थानमा त ७७ प्रतिशत सम्म पनि मत बदर भएको पाएका छन् । जसका कारण यस पटक बदर मतको प्रतिशत धेरै हुन सक्ने अनुमान उनीहरुको छ ।

नमूना मतदानमा ७७ प्रतिशतसम्म मत बदर भएको पाइएको एकजना निर्वाचन अधिकृतले बताए । विगतमा निर्वाचन आयोगले गाउँगाउँमा मतदान शिक्षा लागू गरेको थियो । तर यसपालि भने आयोगले गाउँसम्मको मतदाता शिक्षा कार्यक्रमलाई समेटेन जसका कारण यसपालि मतदान बदर हुने देखिएको छ ।

निर्वाचन आयोगले अहिलेको जमानामा घरघरमै आयोगका कर्मचारी पुगेर मत हाल्न सिकाउने होइन यतिका मिडिया छन् मिडियाबाट सिकाए हुन्छ भनेर पहिलेको जस्तो मतदाता शिक्षा कार्यक्रम राख्न मानेका थिएनन् । उनले मिडिया र सोसियल मिडियाबाट यस्तो कार्यक्रम ल्याइएको बताएका छन् ।