१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनका लागि ८० दलद्वारा आयोगमा दर्ता



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ८० वटा दलले दर्ता गराएका छन् ।

निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ । 

जसका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो ।