• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

कतार सरकारद्वारा नेपाल सरकारलाई अक्सिजन ट्यांकर प्रदान



काठमाडौ । कतार सरकारले नेपाल सरकारलाई कोरोना महामरीसंग जुध्न सहयोग गर्दै आएको छ । महामारीको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर देखि अक्सिजन भर्नेसम्मको काममा व्यवधान वेहोर्नु परेको जानकारी पाएपछि कतार सरकारले पाएको थियो ।

आगामी दिनमा नेपाल सरकारलाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ । कतार सरकारका तर्फबाट नेपालका लागि कतारी राजदुत महामहिम युसुफ मोहम्मद अल हैलले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो । अक्सिजन ट्यांकर ७ लाख ४५ हजार कतारी रियाल अर्थात २ करोड ४६ लाख नेपाली रूपैंया बराबरको हो ।

कतार फण्ड फर डेभलपमेन्टले चीनबाट खरिद गरी नेपाल पठाएको ४० फिट लम्बाइ तथा १३ हजार ५ सय किलो वजनको ट्यांकरको कागजात सचिव पोखरेललाई हस्तान्तरण गर्दै महामहिम अल(हैलले कतार सरकार नेपाल सरकारलाई सबै क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहांले कतार सरकार कोरोना महामरीसंग जुध्न सदैव नेपाल सरकारको साथमा रहको बताउनुभयो ।

ट्यांकर हस्तान्तरणको कागजात बुझ्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कतार सरकारले महामारीसंग जुध्न गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । उहांले भन्नुभयो कतार सरकारले नेपाली नागरीकलाई रोजगारी प्रदान गरेर र आवश्यक परेको समयमा विभिन्न सामग्रि उपलब्ध गराएर जुन खालको सहयोग गरीरहेको छ त्यसको नेपाल सरकारले उच्च मुल्यांकन गरेको बताउनुभयो । अक्सिजन ट्यांकर मकवानपुर जिल्लाको हेटौंडामा रहेको हेटौंडा हस्पतालमा इन्स्टल गरेर अक्सिजन उत्पादन पनि शुरू भैसकेको सचिव पोखरेलले जानकारी दिनुभयो ।

नेपालका लागि सहयोग स्वरूप अक्सजन ट्यांकर पठाउंने क्रममा कतार फण्ड फर डेभलपमेन्टका कार्यकारी महानिर्देशक खलिफा विन जासिम अलकुवरीले दिगे विकास लक्ष्यमा उल्लेख तेस्रो नम्बरको लक्ष्य हासिल गर्न नेपाल सरकारलाई कतार सरकारको साथ संधै रहने वाचा गर्नुभयो ।
कतार फण्ड फर डेभलपमेन्टले यसअधि कोरोना महामरीसंग जुध्न विभिन्न खाले स्वास्थ्य सामग्री, भेन्टिलेर, अक्सजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।