२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने

कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो । 

आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने बताइएको छ । सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कलेलले आआफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिनुभएको थियो । मतदानका क्रममा ४८ मत बदर भएको थियो । 

सचिव पदमा भने नृपबहादुर सुनार, अमृत बिसी र केशव मिश्रले उम्मेदवारी दिनुभएको छ । दुई हजार ५७६ मतदाता रहेकामा दुई हजार ४८६ मत खसेको थियो ।