१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मित्र राष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारकाे प्रतिबद्धता



अ+ अ-

काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन, एमसीसी सम्बन्धी सम्झौतालाई संसद्बाट पारित गराउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता सङ्घीय संसद्, प्रतिनिधिसभाबाट अनुमोदन गराउन आवश्यक सहज वातावरण निर्माण गरी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।

यसका लागि सहज वातावरण बनाइदिने सरकारमा सहभागी तथा गठबन्धनमा आबद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दललगायतका अन्य राजनीतिक दल, सभामुख र प्रतिनिधिसभाका सदस्यहरु सबैलाई आजको मन्त्रिपरिषद्को बैठकले धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले यसका लागि प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नागरिक समाज, सञ्चार जगत्, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा धन्यवाद व्यक्त गरेको छ ।  

बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप छिमेकी मित्र राष्ट्रहरु भारत, चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन पनि नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु-याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुप्रति पनि नेपाल सरकारले आभार व्यक्त गरेको छ ।