५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जियोकको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनः निर्वाचन प्रक्रियामा निरन्तर सुधार



अ+ अ-

काठमाडौं । विगतका निर्वाचनभन्दा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले स्थानीय तहको निर्वाचन पूर्व गरेको पर्यवेक्षणका क्रममा छिटपुट घटनाबाहेक मनोनय दर्ता शान्तिपूर्ण रुपमा भएको जनाइएको छ ।

समितिले स्थानीय तह निर्वाचनका लागि ३० जिल्लाका २०० पालिकामा ४०० प्रतिनिधिमार्फत पर्यवेक्षण गरेको छ । राजनीतिक दल दर्ता, उम्मेदवारी दर्ता प्रक्रियादेखि मौन अवधि सुरु हुनु एक दिन अगाडिसम्मका सम्पूर्ण वस्तुस्थिति समावेश गरिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।

राजनीतिक दल, उम्मेदवार र मतदातासमेत परिपक्व हुँदै गएको, एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवार शान्तिपूर्णरुपमा प्रचारप्रसारमा खटिइएको, दल तथा उम्मेदवारले एकआपसका विरुद्ध बल प्रयोग गरेको नदेखिएको आज सार्वजनिक निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले जनाएको छ । पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था नपाइएको, प्रचारप्रसारमा विगतका निर्वाचनभन्दा संयमित भएको पाइएको तथा उम्मेवारी छनोटमा भएको असन्तुष्टिका कारण उम्मदेवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडप भएको पाइएको छ ।

निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा सरोकारवाला सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजागाजा, ठूला ब्यानर र झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन प्रचारप्रसारमा विगतजस्तो तुल, ब्यानरको प्रयोगमा कमी आएको भए पनि मत माग्न जाँदा दलीय गीत गाउने र माइकको चर्को स्वरका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको छ । प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन प्रक्रियामा उल्लेख्य सुधार हुँदै गएको महसुस गरिन थालिएको बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्ने उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण बनाउन सरोकारवालासँग आग्रह गर्नुभयो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारी दर्तादेखि निर्वाचनपूर्वका समयमा आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको भए पनि सन्तोषजनक नभएको बताउनुभयो ।

यसबीचमा आयोगले ६० बढी उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेकामा स्पष्टीकरण सोधेको जानकारी दिँदै उहाँले आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन कानुनअनुसार कारबाही हुने बताउनुभयो ।रासस




भर्खरै