३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु



अ+ अ-

बोगोटा । कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको “सार्वजनिक प्रतिष्ठान“ मा भएको सेनाले जनाएको छ । 

सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता यस सशस्त्र समूहबाट बारम्बार आक्रमण हुदै आएको पाइन्छ । एक गाडीमा प्रतिष्ठान आइपुगेका फार्क विद्रोहीहरु अन्धाधुन्ध गोली चलाएका सेनाद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोली लागेका अरु तीन जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । यस घटनामा परी अन्य १२ जना घाइते भएका छन् । (रासस-एएफपी)