५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका कार्यकर्तालाई ओलीले गीत सम्झाउँदै भने – ‘पिर बिसाउने ठाउँ नै पाइनँ’



अ+ अ-

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई गठबन्धनमा रहेर अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्नुपर्ने अवस्था आएको बताउँदै गीतसँग जोडेर कटाक्ष गरेका छन् ।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने ‘म कांग्रेसका नेताहरुलाई भन्न चाहन्छु, कांग्रेसका कार्यकर्ताहरु त बिचरा कति मुटु धड्किएको होला, कति पिर परेको होला । प्रकाश सपुतको गीत जस्तै पिर बिसाउने ठाउँ नै पाइनँ भनेर । कांग्रेसका कार्यकर्ताहरुले कहाँ पिर बिसाउने ? छाती समातेर बस्नुभएको होला । कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् । के हेरेर बसेछन् कार्यकर्ता ?’

यस्तै, अध्यक्ष ओलीले देश बनाउने अगुवाई एमालेले गरेको बताउँदै कांग्रेसले गठबन्धनका नेताहरु पटक पटक प्रधानमन्त्री बनेपनि कुनै कामहरु नगरेको आरोप समेत लगाए ।