• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

आज सार्वजनिक हुँदै डिभीको नतिजा



काठमाडौं । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा आज शनिबार सार्वजनिक हुँदैछ ।

सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुन लागेको हो ।

नतिजा डिभी कार्यक्रमको वेबसाइटमा गई निश्चित प्रक्रिया पूरा गरेपछि प्राप्त गर्न सकिनेछ ।

यसका लागि डिभी भर्दा प्राप्त कन्फरमेसन नम्बर हाल्नुपर्नेछ ।

सन् २०२३ मा डिभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।