१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा उच्च गिरावट



अ+ अ-

काठमाडौं । वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।

गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको अभाव भई व्याजदर समेत वृद्धि हुन थालेपछि सेयर बजार प्रभावित भएको छ । कोभिड महामारी र लकडाउन लगायतका कारण अन्य क्षेत्रबाट सेयर बजारमा आएको लगानी पनि फिर्ता हुन थालेको अनुमान गरिएको छ । कोभिड महामारीका कारण लगानीका क्षेत्रहरु प्रभावित हुँदा अन्य क्षेत्रबाट समेत लगानी सेयर बजारमा आएको थियो ।

सरकारले समयमै बजेट ल्याउन नसक्नुका साथै विदेशबाट भित्रने रेमिट्यान्स समेत गिरावट आउँदा बैंकहरुमा तरलता अभाव भएको छ । यसैगरी मौद्रिक नीतिले बैंकहरुमा सिसिडि अनुपातको व्यवस्था खारेज गर्दै सिडी अनुपातको व्यवस्था लागू गर्दा पनि तरलताको रकम अभाव भएको छ ।

तरलता अभावका कारण बैंकहरुले निक्षेपको व्याजदर दोहोरो अंकमा पु¥याएका छन् भने अन्तर बैंक सापटीदर समेत ५ प्रतिशत हाराहारीमा कायम भइसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।