• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

केपी ओलीले म्वाई खाए पनि विष लाग्छ– राजेन्द्र श्रेष्ठ



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले केपी ओलीले म्वाई खाए पनि विष लाग्ने बताउनुभएको छ ।

चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा उहाँले दुई दुई पटक संसद् भंग गरेर केपी ओलीले संविधान र लोकतन्त्र खान खोजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सर्पले दूध खाए पनि विष लाग्छ, केपी ओलीले म्वाई खाए पनि विष लाग्छ ।”

केपी ओलीको विगतको संविधान, संघीयता र लोकतन्त्रविरोधी क्रियाकलापका कारण नै पाँच दलीय गठबन्धन गर्नुपरेको उहाँको जिकिर थियो ।

पछिल्लो पाँच वर्षलाई नियाल्दा रेनु दाहालको नेतृत्वमा भरतपुर महानगरपालिकाले धेरै फड्को मार्ने सुनिश्चित रहेको उहाँको भनाइ थियो ।