२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय



अ+ अ-

अल्जियर्स । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ । 

उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्धा लगाइएको समाचारमा जनाइएको छ ।सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्धा बनाइएको छ । 

भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच बर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ । 
पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बन्नु भएको थियो । 

त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका थिए। उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक थिए । तत्कालिन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएका थिए । हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले राजीनामा दिनु परेको थियो । उनले यही सेप्टेम्बर महिनामा ८४ बर्षको उमेरमा निधन भएको छ ।