२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश विकासका लागि एमालेले जित्न जरुरी – एमाले अध्यक्ष ओली



file
अ+ अ-

झापा । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । उहाँ आज बिहान काठमाडौँबाट झापा आउनुभएको हो । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उहाँ अपराह्न मेचीनगरको धुलाबारी आउनुभएको हो ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उहाँले मेचीनगरबासीलाई आह्वान गर्नुभयो । उहाँले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।