२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश विकासका लागि एमालेले जित्न जरुरी – एमाले अध्यक्ष ओली



file
अ+ अ-

झापा । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । उहाँ आज बिहान काठमाडौँबाट झापा आउनुभएको हो । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उहाँ अपराह्न मेचीनगरको धुलाबारी आउनुभएको हो ।

मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उहाँले मेचीनगरबासीलाई आह्वान गर्नुभयो । उहाँले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।