१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

केशव स्थापितको गुनासो– ‘कहिल्यै संगत नै नगरेको महिलासँग मलाई आरोपित बनाइयो’ (भिडियोसहित)

केशव स्थापितको गुनासो– ‘कहिल्यै संगत नै नगरेको महिलासँग मलाई आरोपित बनाइयो’ (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गर्नु भएको छ ।

आफू मेयर सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गर्नुभयो । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गर्नु भयो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उहाँको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताउनु भयो । आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उहाँले पटकपटक दोहोर्याउनुभयो ।

स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भईरहन जरुरी नभएको दोहोर्याउनु भयो । स्थापितले भन्नु भयो, ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव । हाम्रो केही कर्मचारीहरुसँग काम गरेँ । माडसाव भन्थ्यो । जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने । तर मेरो महिला साथीहरुले त्यसो गरेनन् । स्वाभिमानले नदिने रैछ क्या । म महिला हुँ भन्ने दम्भ हो नि । तर पुरुषहरु त म जस्तै दाह्रीवालहरु त मास्क लगाएपछि त झनै नचिन्ने भएछ, आजकाल । खान दे, पिन दे, लिन दे हुन्थ्यो । यो भन्दा महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैंत्री हो ।

मैले २०५१ सालमा खेलकुदमा महिलाहरुले एउटा डिभिजननै खोल्ने भनेको । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अव यही कारणले मैले आरोपित हुन जरुरी छैन । मैले एउटा ह्याण्डनोट ल्याएको छु–तपाईहरुले हेर्नू । मैले धेरै मोर्चाबाट भने–मैले केही सत्य कुराहरु गर्दा मान्छेलाई आघात हुन्छ है । त्यो सत्य उद्बोधन नगर्दा राम्रो हुन्छ मैले भने । त्यो एउटा रश्मिला प्रजापति भन्ने प्रकरणमा अलिकति दुई शब्द भनौं । उहाँ म मेयर हुँदा एक जना साथी लिएर आउनु भयो । मलाई सम्पदा विभागमा त्यो मान्छेले सघाउँछ भन्यो । मैले हुन्छ भने । मेरो एक्सपर्टले ल्याएको होइन । एसिस्टेन्ट भयो । मेरो प्लानिङ डिभिजनमा मैले कहिलेकाँही देख्थे । मैले उहाँसँग कहिल्यै संगत गर्नु परेन । उहाँ सम्पदा विभाग भित्र काम गथ्र्यौं । मैले त्यो समयमा उहाँसँग अनुचित सम्बन्धको प्रयत्न गरेको भए अस्थायी करारलाई एक मिनेटमा निकालथ्ये होला नि ।’

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताउनु भयो । उहाँले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताउनु भयो ।