२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा



अ+ अ-

काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

संघीय राजधानी काठमाडौँ उपत्यकाको मौसम सफा रहेको छ । बिहानैदेखि पारिलो घाम लागेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलब सात र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । बितेको २४ घण्टामा काठमाडौँमा ४३ दशमलव सात मिलीमिटर वर्षा भएको छ । रासस