५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

करिब एक किलो सुनसहित पक्राउ

करिब एक किलो सुनसहित पक्राउ
अ+ अ-

बाँके । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो ।

सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मङुगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको गहनाको अन्दाजी मूल्य रु ६२ लाख बराबरको रहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैङ्गलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ । यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसामान धनीहरूको नाम गोप्य राखेको जनाएको छ ।