• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन खेलको ९ औं मिनेटमा ब्रुनो फर्नान्डेज, ६१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डो (पेनाल्टी) र ७२ औं मिनेटमा राफायल भारानले गोल गरे ।

जितसँगै ३६ खेलबाट ५८ अंकसहित युनाइटेड अंकतालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकसहित १४ औं स्थानमा रहेको छ ।