५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १८ गते बसेको मन्त्रिपरिषदका निर्णयहरु के–के छन् ?



file photo
अ+ अ-

काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ ।

आईतवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सोमवार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँकाअनुसार सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाईसशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको प्रवक्ता कार्कीले बताउनु भयो । उहाँले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको पनि बताउनु भयो ।

प्रवक्ता कार्कीले भन्नुभयो, ‘कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने ।

प्रहरी नियमावली २०७१ को नियम ४१ बमोजिम मिति २०७९ वैशाख १९ गतेदेखि लागू हुनेगरि प्रहरी अतिरिक्त महानिरीक्षकमध्ये सबैभन्दा उपयुक्त देखिएका श्री धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजु अर्याललाई मिति २०७९ साल १ महिला १९ गते देखि लागू हुनेगरि सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने ।

दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९ स्वीकृत गर्ने ।

लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित दिव्तीय श्रेणीका तीन जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने ।’

प्रवक्ता कार्कीले सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित दिव्तीय श्रेणीका तीन जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको पनि बताउनु भयो ।




भर्खरै