१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटु स्वस्थ राख्न के खाने, के नखाने ?



अ+ अ-

काठमाडौं । स्वस्थ्य रहनका लागि हामीले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । 

खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरुबाट मुक्ति पाउन सकिन्छ । हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेतत विशेष भूमिका रहेको हुन्छ ।

बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ । बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ ।

शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानि भने हुँदैन । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुका माछा नखानु उत्तम हुन्छ ।

घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ । दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।

फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ ।

बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ । यसले रगतको कोलेस्ट्रोल घटाउँछ, साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ । मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन ।

खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ । दुई छाक खाने, पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ । थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ ।