१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले गोली चलाए



प्रतीकात्मक तस्बिर
अ+ अ-

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ ।

आज (सोमबार) दिउँसो सीमा क्षेत्रमा सुरक्षा बलका जवानले तीन राउण्ड फायर गरेको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको हो ।

दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको र गोली चलेपछि स्थानीयबीच भागदौड मच्चिएको बताइएको छ ।