२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित

मुटु स्वस्थ राख्न अनिवार्य गरौं यी काम

मुटु स्वस्थ राख्न अनिवार्य गरौं यी काम
अ अ+ अ-

काठमाडौं । मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसक्दा मानिसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउनपुग्छ थाहा नै हुँदैन । बाहिर स्फूर्त देखिने व्यक्ति पनि मुटु अस्वस्थय भएकै कारण मृत्युको मुखमा पुग्न सक्छन् । 

जसरी शरीरलाई स्वस्थ राख्न खानपिनको आवश्यकता हुन्छ, त्यसरी नै शारीरिक व्यायामको पनि आवश्यकता पर्छ । दिनभरमा यस्ता शारीरिक व्यायाम तथा गतिविधि जरुर गर्नु पर्छ जो तपाईंको शरीरलाई आवश्यक हुन्छ ।  त्यस्ता काममा योगा, जीम, खेलकूद, नृत्य या घरको कामकाज पनि हुन सक्छन् । यस्ता काम गर्दा तपाईंले आफ्नो स्वास्थ्यका साथै मुटुलाई स्वस्थ राख्न सक्नुहुन्छ । 

आज हामी तपाईंलाई एकदमै सजिला कामबारे बताउँदै छौं जसबाट तपाईंले आफ्नो मुटु र शरीरलाई स्वस्थ राख्न सक्नुहुन्छ । 

भर्याङ (सिढी) चढ्नु : तपाईंको घरमा होस् या कार्यालयमा भर्याङ (सिढी) त पक्कै पनि होला । यदि तपाईंले दिनमा १० मिनेट मात्रै लगातार सिढी चढ्ने र ओर्लने गर्नुभयो भने पनि धेरै लाभ लिन सकिन्छ । 

ताई ची : गहिरो गरी स्वास लिनु, एकाग्रता तथा लयबद्ध शारीरिक गतिविधिको माध्यमबाट ताई चीको महत्वपूर्ण भूमिका हुन्छ । ताई ची तनाव कम गर्न र मुटुलाई स्वस्थ राख्नका लागि उपयोगी तरिका हो । 

नृत्यु (डान्स) : मुटुलाई स्वस्थ राख्न नृत्य (डान्स) सबैभन्दा राम्रो र रोचक शारीरिक व्यायाम हो । जो व्यक्ति कार्डियोभास्कुलर बिमारीबाट ग्रसित छन् उनीहरुका लागि यो सबैभन्दा उत्तम व्यायाम हो । मुटुको घड्कन प्रतिमिनेट १२० देखि १३५ बिटसम्म पुग्ने गरी व्यायाम गर्नुलाई राम्रो मानिन्छ । 

स्ट्रेचिंग व्यायाम : स्ट्रेचिंग तपाईको व्यायाम तालिकाको एक निश्चित हिस्सा हुनु आवश्यक हुन्छ । धेरै मानिसका लागि स्ट्रेचिंग गर्नु धेरै अप्ठेरो पनि हुन सक्छ । तर हप्तामा कम्तिमा दुई पटक गर्दा यसको आदत बस्दै जान्छ । तर स्ट्रेचिंग गर्दा तपाईंले धेरै सतर्क रहनु आवश्यक हुन्छ कि तपाईंको शरीरको कुनै भागमा दुखेको त छैन ? दुखेको छ भने स्ट्रेचिंग नगर्नु नै राम्रो हुन्छ । 

एरोबिक्स : विशेषज्ञहरुको नै सल्लाह छ कि एक स्वस्थ मुटुका लागि साप्ताहिक रुपमा कम्पितमा १ दिन ३० मिनेटसम्म एरोबिक गर्नु जरुरी हुन्छ । जगिङ गर्नु, दौडिनु, साइकल चलाउनु आदि व्यायाम एरोबिक्सअन्तर्गत पर्छन् ।