• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित  ★   काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने ★   मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई ★   दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु ★   दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल

बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने तयारी



काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताउनु भएको हो । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यमहरुको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ ।

बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताउनु भयो ।

बोर्डले शुक्रबार र शनिबार (हिजो र आज) काठमाडौंमा आयोजना गरेको विज्ञापन सम्बन्धि तालिम कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चार माध्यामहरुको सूचीकरण गर्ने, सञ्चार माध्यामहरुलाई वर्गीकरण गर्ने र सञ्चार माध्यामहरु विज्ञापन बोर्डमा सूचिकरण नभई विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दैछौं भने अर्को विज्ञापन एजेन्सीहरु पनि विज्ञापन बोर्डमा सूचिकरण हुनुपर्ने र सूचिकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दैछौं । यी व्यवस्थाहरु आगामी साउन १ गतदेखि लागू हुनेछन ।’

बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम संचालन गर्नु परेको पनि स्पष्ट पारेको छ । बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साईज एकीन गर्ने, आम सञ्चार माध्यामहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ ।

बोर्डका अध्यक्ष हुँमागाईले भन्नु भयो, ‘यो तालिममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापनको आचारसंहिता, विज्ञापनको क्रियटिभिटी, ब्राण्डिङ, रिसर्चलगायतका विभिन्न विषयहरुमा प्रशिक्षण दिईरहेका छौं । र, यो प्रशिक्षणबाट विज्ञापन व्यवसाय गर्ने व्यक्तिहरुको क्षमता विकास हुने, उनीहरुले आफ्नो कामलाई अझ बढि प्रभावकारी ढंगले संचालन गर्न सक्ने, विज्ञापन बजारलाई पारदर्शी बनाउन सकिने अपेक्षा राखेका छौं । र, यो तालिमबाट हामीलाई के सिकाई भएको छ भने सबभन्दा पहिलो कुरा विज्ञापन बजारको साईजको अनुसन्धान गर्नुपर्ने, दोस्रो चाँही सञ्चार माध्यामहरुको सर्कुलेशन एकीन गर्नुपर्ने । तेस्रो, विज्ञापन बजारलाई पारदर्शी बनाउनुपर्ने । आगामी वर्ष विज्ञापन बोर्डको विज्ञापन बजारको अनुसन्धान गर्नेछ । र, यो बजारको साईजलाई एकीन गर्नेछ । यसलाई निकट भविष्यमै सार्वजनिक गर्नेछ ।’

विज्ञापन बोर्डले हाल तर्जुमा गरिएको विज्ञापन ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि विज्ञापन व्यवसायमा संलग्नहरुलाई त्यस सम्बन्धि तालिम दिने कामलाई निरन्तरता दिन लागिएको जनाएको छ ।