६ श्रावण २०८३, बुधबार
,
Latest
महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीपेच काण्डपछि नारायणयहिटीको सुरक्षा रणनीति परिवर्तन



अ+ अ-

काठमाडौं  । नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ ।गत शुक्रबार मानसिक अवस्था ठीक नभएका २५ वर्षे एक युवकले रूपन्देही कक्षमा नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको श्रीपेच चोर्ने प्रयास गरेसँगै सुरक्षा कडाइ गर्न लागिएको हो ।

नारायणहिटी संग्रहालय विकास समितिले संग्रहालयको विभिन्न कक्षमा प्रदर्शनीमा राखिएका अति संवेदनशील हातहतियार बन्दुकलगायत सामग्री अवलोकन गर्न आउनेले भेट्न नसक्ने गरी राख्ने र संग्रहालय प्रवेश गर्ने व्यक्तिको अवस्थाबारे समेत अध्ययन गर्ने तयारी गरेको छ ।संग्रहालय प्रमुख भेषनारायण दाहालले पूर्ण सुरक्षित कक्षको बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेच चोर्ने प्रयासलाई असामान्य रूपमा लिएको जानकारी गराउँदै आइन्दा यस्तो विषय दोहोरिन नदिन सुरक्षा सतर्कता अपनाइने बताउनुभयो ।एक युवकले श्रीपेचसँगै सोकेसमा राखिएको खुकुरी निकालेर बुलेटप्रुफ सिसामा हिर्काउन खोज्दा नेपाली सेनाको सुरक्षा टोलीले निजलाई पक्राउ गरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘त्यसबाट के बुझ्न सकिन्छ भने संग्रहालयमा सुरक्षा चुनौती अहिले पनि कायम छ, अब संग्रहालय अवलोकन गर्नेमाथि निगरानी बढाउन नयाँ सुरक्षा रणनीति बनाउन लागेका हौ‍  ।

संग्रहालय प्रशासनले संग्रहालय अवलोकन गर्न आउने दर्शकले नभेट्ने गरी केही सामग्रीलाई छुट्टै राख्ने उहाँको भनाइ छ । ‘अब खुकुरी, बन्दुक, तरबार, सिसाको धारिलो वस्तुलगायतका सामग्री छुट्टै राख्ने तयारी गरेका छौं । श्रीपेच सुरक्षाका लागि कुनै समस्या छैन । तर, दर्शकले अन्य सामग्री निकालेर सुरक्षाकर्मीलाई हिर्काउन सक्ने भयले छुट्टै राख्ने तयारी गरेका हौं ।’ –संग्रहालय प्रमुख दाहालले भन्नुभयो ।
संग्रहालयमा पूर्वराजाका परिवारले प्रयोग गरेको लोड गरिएको बन्दुक, उपहारस्वरूप प्राप्त भएका खुकुरी, तरबारलगायत महत्वपूर्ण हातहतियार प्रदर्शनीमा राखिएका छन् । पाँच दिनअघि रुकुमका ती युवकले श्रीपेच निकाल्न खोजेका थिए ।सरकारले विसं २०६९ सालमा करिब १ करोड ५० लाख रुपियाँमा सुरक्षा निगरानी गर्न सीसीटिभी जडान गरेको थियो । संग्रहालयमा करिब १ करोड लाख रुपियाँमा बुलेटप्रुफ सिसा र विभिन्न स्थानमा खतराको सूचीबारे जानकारी गराउन अर्लाम जडान गरिएको छ ।

संग्रहालय प्रशासनले नेपाली सेनाको कडा सुरक्षाभित्र श्रीपेचसहित राजदण्ड, दुईवटा मेस, ढाल, तरबार, रानीले लगाउने मुकुट (टायरा), एउटा झारी, र दुईवटा चमर राख्न मिल्ने गरी बुलेटप्रुफ सोकेस तयार गरेको थियो ।श्रीपेच राखिएको कक्षमा तीनवटै सुरक्षा निकायले श्रीपेचको सुरक्षा अवस्थाबारे २४ घण्टै अवलोकन गर्नेछ । अत्याधुनिक सुरक्षा प्रणालीअन्तर्गत अधिकांश गतिविधि नियन्त्रण गर्न रिमोट कन्ट्रोलको व्यवस्था गरेको छ । विदेशमा जस्तै अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको संग्रहालय प्रशासनको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्रले ०६५ साल जेठ २९ गते नारायणहिटी दरबार छाड्नुअघि आफ्ना पितापुर्खाको विरासतका रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशवासीको नाममा अनुरोध गर्नुभएको थियो । सोही आधारमा त्यसको करिब १० वर्षपछि पूर्वराजाले विशेष समारोहमा लगाउने श्रीपेच प्रदर्शनीमा राखिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै