• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु ★   समीरको ‘पैसाको उडान’ बजारमा ★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर

धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाएकोप्रति दीपकराज गिरीको प्रधानमन्त्रीमाथी व्यङ्ग्य प्रहार



काठमाडौँ । कलाकार दीपकराज गिरीले तेस्रो वरियताका अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाए भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जालमा कलाकार गिरीले प्रधानमन्त्री देउवालाई प्रधानाध्यापक भएको भए सधैँ थर्ड ब्वाइलाई फस्र्ट ब्वाइ बनाइदिने रहेछन् भनी व्यङ्ग्य गरेका हुन् ।

उनले भनेका छन्, “धन्न शेर बहादुर प्रधानमन्त्री भएछन्, प्रधान अध्यापक भएका भए सधैँ थर्ड ब्वाइ लाइ फष्ट ब्वाइ बनाइदिने रहेछन ।”

आइतबार सरकारले तेस्रो बरियतामा रहेका सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । पहिलो बरियतामा विश्वराज पोखरेल र दोस्रो बरियतामा नहकुल थापालाई पाखा लगाउँदै सिंह महानिरीक्षक बनेका थिए ।