काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता कार्यक्रम एमसीसीका बारेमा जारी गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको फेससेभ गर्न मात्र जारी गरिएको बताउनुभएको छ ।
नेता पौडेलले १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको भन्दै एमसीसी सम्झौतामा नै भएको यताको कुरालाई उता पारेर यसो मिलाएको टिप्पणी गर्नुु भएको छ ।
प्राइम टाइम टेलिभिजनलाई दिनु भएको अन्तर्वार्तामा पौडेलले भन्नुभयो, पहिला जनताको संवेदनशील भावनामा खेल्नु भयो, पछि फेससेभ गर्नुपर्ने बाध्यता भयो । त्यसका लागि मात्र व्याख्या गरिएको हो, त्यसको कुनै अर्थ छैन ।
नेता पौडलले नेपाली नेताहरु भारतको विरोध गरेर राष्ट्रवादी र अमेरिकाको विरोध गरेर क्रान्तिकारी देखिन खोज्ने कारण नै पटक पटक समस्या हुने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, यता राष्ट्रवादी देखिन खोज्नेहरु टेबलमा वार्ताका लागि बस्दा आँखा जुधाएर कुरा गर्न सक्दैनन् ।
नेता पौडेलले प्रचण्ड र माधवलाई एमसीसी पारित नगर्दा आउन सक्ने परिणामका बारेमा जानकारी गराएपछि कुनै उपाए खोजेर पारित गर्ने पक्षमा उभिएको बताउनु भयो । उहाँले भन्नुभयो, सम्झौतमा आपत्तिजनक कुरा केही छैन, जनतालाई भडकाउने काम मात्र भयो ।
उहाँले रिजनेवल कम्युनिष्ट एमाले पनि सकारात्मक रहेको जानकारी गराउँदै थप व्याख्याको आवश्यकता नै नरहेको दोहोर्याउनुु भयो ।
बिपक्षीमा उभिनुभएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी पारित गर्दा रसियाले युक्रेनमा गरे जस्तो चीनले नेपालमा गरे के होला भन्दै शंका गर्दा आफुले त्यस्तो अनावश्यक शंका नगर्न सु्झाब दिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, चीन त्यति विशाल देशले नेपालका बारेमा त्यस्तो सोच्न पनि सक्दैन । चीनलाई यहीका नेताले अनावश्यक रुपमा मुछेका छन् ।
नेता पौडेलले भन्नुभयो, चिनियाँहरुसँग कुरा हुँदा नेपालको विकासका लागि कहाँ कहाँ सहयोग लिने त्यो नेपालको कुरा हो भनेका छन् ।