५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

निर्वाचन नजिकिँदै गर्दा क्षमतावान जनप्रतिनिधिको खोजी गर्दै नागार्जुनका मतदाता

निर्वाचन नजिकिँदै गर्दा क्षमतावान जनप्रतिनिधिको खोजी गर्दै नागार्जुनका मतदाता
अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नागार्जुन नगरपालिकाका मतदाता क्षमतावान तथा राम्रा जनप्रतिनिधिको खोजीमा छन् । उनीहरु यही वैशाख ३० गते हुने निर्वाचनमा सक्षम प्रतिनिधि चयन गरेर सामाजिक विकासका साथै स्थानीय पर्यटनलाई प्रबद्र्धन गर्नेबारे छलफलमा जुटेका छन् ।

स्थानीय नागरिक योग्य र ऊर्जाशील उम्मेदवारको छनोट गर्ने योजनामा छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एक दशकपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा सुशासन, पूर्वाधार क्षेत्रको विकास गरी अन्तर्राष्ट्रिय तहमा पर्यटन प्रबद्र्धन गर्न गहिरो अध्ययनशील तथा दुर दृष्टिकोण भएका प्रतिनिधिको खोजी आफ्नो समूहले गरिरहेको नागार्जुन नपा–२ का गोपाल लामाले बताउनुभयो ।
लामाले स्थानीय विकासमा पहुँचवालाले मात्र प्रभाव पार्ने हुँदा त्यस्तो परम्पराको अन्त्य गरी योजनाको महत्व र प्राथमिकताका आधारमा बजेट विनियोजन तथा विकास निर्माण गर्नुपर्नेमा जोड दिनुहुन्छ । यस क्षेत्रका ऐतिहासिक धार्मिक सम्पदास्थलका रुपमा ईचङ्गुनारायण मन्दिर, हल्चोक आकाश भैरब, ह्वाइट गुम्बा, बद्रीनारायण धाम, हसन्टार गुम्बा, भुवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर महत्वपूर्ण मानिन्छन् । यस क्षेत्रमा धार्मक पर्यटनको विकास गरी अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न स्थानीयले माग गरेका छन् ।

गणेशमान स्मृति पार्क, शहीदपार्क, भीमसेनस्थान, भीमढुङ्गा, स्वीजरल्याण्ड चौर, रानीवन क्षेत्र, नागार्जुन जामाचोलाई प्रवद्र्धन गरी आन्तरिक पर्यटक वृद्धि गर्न सकेमा स्थानीयलाई बहुआयमिक लाभ प्राप्त हुने स्थानीय युवा उद्यमी नरहरि गौतम बताउनुहुन्छ । “विगतमा स्थानीय सरकारले यसतर्फ ध्यान नदिएकाले स्थानीयका आम्दानी सिर्जना गर्ने केही अवसरबाट आफूहरु वञ्चित भएकाले यसपटक योग्य र सक्षम प्रतिनिधि छनोटमा हामी सचेत छौँ” उहाँले भन्नुभयो ।

करिब आठ वर्ष अगाडि घोषण भएको उक्त नगरपालिका बागमती प्रदेशअन्तर्गत काठमाडौँमा पर्दछ । उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका निकट रहेको यस नगरपालिका भौगोलिक क्षेत्रफल करिब ३० वर्ग किमी छ । उत्तरी पहाडी क्षेत्रमा रहेको नगरपालिका आसपास क्षेत्रबाट विभिन्न हिमाल दृश्यावलोकन गर्न सकिन्छ । विभिन्न स्थानमा सञ्चालन गरिएका होमस्टे ९घरबास० कार्यक्रमले पनि जनस्तरदेखि नै पर्यटनको विकास भइरहेको पाइन्छ ।

स्थानीय व्यवसायी शङ्कर लामाले देशका विभिन्न स्थानमा भइरहेको सहरीकरणका साथै बसाइँसराइको प्रभावले योजनासहितको व्यवस्थित बसोबास गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यसका लागि प्रष्ट विकासवादी दृष्टिकोण भएका प्रतिनिधिको खाँचो छ ।” निजीस्तरमा खुलेका पशुपालन केन्द्र, कृषि फर्म तथा स्थानीयले उत्पादन गरेका कृषिउपजलाई काठमाडौँका विभिन्न स्थानमा बिक्रीका लागि आपूर्ति गरिन्छ ।

सन्यासी तथा क्षेत्री समुदायको बसोबास रहेको यस नगरमा विभिन्न जाति तथा धर्मालम्बिको बसोबास पाइन्छ । नेवार, मगर, लामा, तामाङलगायत जनजातिको बाहुल्यता पाइन्छ । अधिकांश मानिसले हिन्दू र वौद्ध धर्मको अभ्यास गर्ने गरेको पाइएको छ । करिब एक लाख जनसङ्ख्या रहेको नगरमा १० वडा छन् । यहाँ करिब २५ हजार मतदाता छन् । प्रत्येक वडाबाट पाँचजना तथा महानगर प्रमुख, उपप्रमुख गरी ५२ जनप्रतिनिधि निर्वाचित हुनछन् । रासस