५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जापानमा नयाँ प्रधानमन्त्रीको खोजी, सत्तारुढ दलको मतदान आज

जापानमा नयाँ प्रधानमन्त्रीको खोजी, सत्तारुढ दलको मतदान आज
अ+ अ-

काठमाडौं । जापानमा नयाँ प्रधानमन्त्रीका लागि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० मा आज बुधबार मतदान हुँदैछ । जापानका हालका प्रधानमन्त्री योशुहिडे सुगाले आफू प्रधानमन्त्री पदका लागि प्रत्यासी नरहेको घोषणा गरेसँगै दलको नेता छान्न मतदान हुन लागेको हो ।

कोभिड–१९ बाट संकट झेलिरहेको अर्थतन्त्रलाई उकास्ने, वासिङ्टनसँगको सम्बन्धलाई थप सुदृढ गर्ने तथा क्षेत्रीय सुरक्षामा उत्पन्न बढ्दो तनावलाई मत्थर बनाउनुपर्ने प्रमुख चुनौती नयाँ प्रधानमन्त्रीमाथि हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

वर्तमान प्रधानमन्त्री सुगामाथि कोरोनाभाइरसको नियन्त्रणका लागि अपनाएको नीति तथा कोभिड–१९ को महामारीबीच नै ओलम्पिक खेल आयोजना गरेको विषयलाई लिएर जापानमा तिखो आलोचना भइरहेको छ । आगामी दुई महिना भित्रै संसदको चुनाव हुन लागेकाले पनि आमजनताका सरोकारका विषयलाई सम्बोधन गर्न सत्तारुढ एलडिपीको नयाँ नेतृत्वसामु चुनौती थपिएको छ ।

बुधबार अपराह्न हुने पार्टीको मतदानमा पार्टी आबद्ध सांसदहरु र तल्लो तहका कार्यकर्ताले मतदान गर्नेछन् । मतदान भएको एक घण्टाभित्रै नतिजा पनि सार्वजनिक हुनेछ । तर पर्याप्त मत प्राप्त नभएको अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने तीन उम्मेदवारबीच दोस्रो चरणको मतदान हुनेछ । यस चुनावमा विजयी हुने व्यक्ति जापानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनेछन् किनभने जापानको संसदमा एलडिपीको बहुमत छ । 

चुनावमा खोप मन्त्री तारो कोनो र पूर्व विदेश मन्त्री फुमिओ किशिदा प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएको एपीले जनाएको छ । यस चुनावमा दुई महिला पनि प्रतिस्पर्धामा छन् । पूर्व प्रधानमन्त्री शिन्जो आबेले दक्षिणपन्थी धारकी महिला उम्मेदवार सानेई ताकेइचीलाई समर्थन गरेकाले उनलाई पनि बलियो उम्मेदवार मानिएको छ । तर सर्वेक्षणहरुले उनी तेस्रो विकल्पका रुपमा रहेको देखाएका छन् ।

लामो समय प्रधानमन्त्री रहनु भएका शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि योशिहिडे सुगा जापानको प्रधानमन्त्री भएका थिए । उनी गत सेप्टेम्बर १६, २०२० मा जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । झण्डै एक वर्षको अवधि प्रधानमन्त्री रहेपछि गत सेप्टेम्बर ३, २०२१ मा उनले सत्तारुढ एलडीपीको अध्यक्षमा नउठ्ने घोषणा गरेका थिए ।