१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल नियुक्त



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरतप्रताप सिंह र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ। आज दिउँसो बसेको मन्त्रपिरिषद्को बैठकले सिंंह र अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

क्षत्री र केसीसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । तीस वर्षे सेवाअवधिका कारण उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

सरकारले अर्याललाई केही दिनअघि मात्रै अतिरिक्त महानिरीक्षक पदमा एकल गरेको थियो । उनलाई सशस्त्र प्रहरीको नेतृत्वमा ल्याउन बढुवा गरिएको हो ।

सेवा प्रवेशका हिसाबले ढिलो तर पदोन्नति फटाफट भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा रहेका छन् ।

सेवा प्रवेशका हिसाबले पोखरेल कनिष्ठ भए पनि छिटोछिटो बढुवा हुँदा उनी प्रहरी अतिरिक्त महानिरीक्षकमा वरियतामा सबैभन्दा माथि थिए । सरकारले चारै जनालाई प्रतिस्पर्धीका रूपमा राखेको थियो ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई २०७७ मङ्सिर २५ मा अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । थापा गत असार २४ मा तथा सिंह र धानुक गत चैत ७ मा अतिरिक्त महानिरक्षकमा बढुवा भएका हुन् ।