३१ जेष्ठ २०८३, आईतवार
,
Latest
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु बागमती प्रदेशसभा बैठकः प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ कतारको प्रतिनिधिमण्डल तेहरानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति भएका स्थानमा सूर्य चिह्नमा मतदान गर्न राप्रपा नेपालको आह्वान



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिह्न ‘तीर’ र नेकपा (एमाले) सँग चुनावी सहमति भएका स्थानमा ‘सूर्य’ चिह्नमा मतदान गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालयको बैठकले गत चैत ३० गते नेकपा (एमाले) सँग राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमतिबमोजिम त्यस्तो आग्रह गरिएको जनाइएको छ ।

बैठकले नेपालले वर्षे बाली लगाउने समयमा किसानहरुलाई कृषि प्रयोजनाका लागि आवश्यक पर्ने मलखादको अभाव देखिएकाले किसानहरुमाझ कृषि मल तत्काल उपलब्ध गराउन सरकारले माग गरेको विज्ञप्तिमा उल्लेख छ ।