२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday
Latest
त्रिभुवन विश्वविद्यालय डिनको कार्यकक्षमा तोडफोडप्रति अनेरास्ववियको निन्दा महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न जरूरी छ: प्रचण्ड पूर्वराजालाई अध्यक्ष दाहालको सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय म्याग्दीको मुदी केन्द्रविन्दू भएर भूकम्पको धक्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीको महानिरीक्षकमा पोखरेल र सशस्त्र प्रहरीमा अर्याललाई नियुक्त गर्न गृहको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा विश्वराज पोखरेल र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गर्न गृहमन्त्रालयले प्रस्ताब गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो

क्षत्री र केसीसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । तीस वर्षे सेवाअवधिका कारण उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

सरकारले अर्याललाई केही दिनअघि मात्रै अतिरिक्त महानिरीक्षक पदमा एकल गरेको थियो । उनलाई सशस्त्र प्रहरीको नेतृत्वमा ल्याउन बढुवा गरिएको हो ।

सेवा प्रवेशका हिसाबले ढिलो तर पदोन्नति फटाफट भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा रहेका छन् ।

सेवा प्रवेशका हिसाबले पोखरेल कनिष्ठ भए पनि छिटोछिटो बढुवा हुँदा उनी प्रहरी अतिरिक्त महानिरीक्षकमा वरियतामा सबैभन्दा माथि थिए । सरकारले चारै जनालाई प्रतिस्पर्धीका रूपमा राखेको थियो ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई २०७७ मङ्सिर २५ मा अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । थापा गत असार २४ मा तथा सिंह र धानुक गत चैत ७ मा अतिरिक्त महानिरक्षकमा बढुवा भएका हुन् ।