५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस राष्ट्रियरुपमा विजयी बन्ने विश्वप्रकाश शर्माको दाबी (भिडियोसहित)

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस राष्ट्रियरुपमा विजयी बन्ने विश्वप्रकाश शर्माको दाबी (भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गर्नुभएको हो । उहाँले काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको बताउनु भयो ।

महामन्त्री शर्माले स्थानीय निर्वाचनमा काँग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनु भयो । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिनुभएको थियो । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी राष्ट्रिय रुपमा विजयी बन्दैछ । काँग्रेस पार्टी अहिले पहिलो पार्टी बनेर जाँदै गर्दा केवल विजयी हासिल गर्ने कुरो भन्ने मात्रै सोचिरहेको छैन । यो समाजलाई कसरी सोचेर जाने ? यो समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? दुई खाले, युवा, महिलाको अवस्थालाई एकै ठाउँमा कसरी बनाएर जाने ? भन्ने सोच्न जरुरी छ । नेपाली काँग्रेस पार्टी बलियो ढंगले विजयी बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो, उहाँले भन्नुभयो, १/१ किलाका ५ वटा ढक हुन् भन्नुभयो, हामी एक्लै क्विन्टल हौँ भन्नुभयो ।

मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु । हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ तर हिसाव नमिलेपछि हिसाव बुझाइदिनुपर्छ । हामी ५ वटा एक एक किलाका ढक होइनौँ । हामी एक एक तोला मात्रै हौँ । क्विन्टल चाहीँ वहाँ क्विन्टल नै हो । तर एक क्विन्टल आलु र ५ वटा तोला सुनको हिसाव बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो । एकातर्फ हामीलाई एक्लै लड्छौँ आउ, आउ भन्ने र बोक्ने बेला कमल थापालाई बोक्ने । काठमाडौंमा सिर्जना सिंहको नेतृत्वमा काँग्रेसले बहुसंख्यक ठाउँ जित्दैछ । अघिल्लो पटक पनि एमालेले एक्लै जितेको होइन, सहारा टेकेको हो । हामी एउटा निर्वाचनमा तालमेल गरेर पहिलो दल बन्ने हो, त्यसपछि तीन वटा निर्वाचनमा जित निकाल्न चाहन्छाँै । एक पटक जित्ने अर्को पटक हार्ने होइन, तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहन्छौँ । त्यसपछि लगातार तीन वटा निर्वाचन रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रका एउटा सपनाका साथमा हामी जान चाहन्छौँ ।’

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गर्नुभयो । महामन्त्री शर्माले काँग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता जनाउनु भयो ।