काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज (आइतबार) बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।
त्यसैगरी सातै प्रदेशका केही स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार राती भने प्रदेश-१, बागमती प्रदेश ,गण्डकी प्रदेश र पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।