३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला पाल्मा ज्वालामुखी : लाभा महासागरमा पुग्दा विषाक्त ग्यासको त्रास



अ+ अ-

बीबीसी । स्पेनको ला पाल्मा टापुस्थित अहिले फुटिरहेको अर्थात् सक्रिय ज्वालामुखीबाट बहेको लाभा अहिले एटलान्टिक महासागरमा पुगेको छ। त्यसले विषाक्त ग्यास उत्सर्जन हुने र विस्फोट हुने त्रास पैदा भएको छ।

प्लाया नुएभा क्षेत्रमा महासागरको पानीमा रातो लाभा मिसिँदा बाफको बादलजस्तो आकारको मुस्लो माथि गइरहेको देखिएको छ।

यसले रासायनिक प्रतिक्रिया हुनसक्छ। त्यसमा क्लोरिन हुने भएकाले वरपरका मानिसमा छाला र आँखा चिलाउन सक्ने र श्वास प्रश्वासमा समस्या आउन सक्ने बताइएको छ।

सेप्टेम्बर १९ मा उक्त ज्वालामुखी फुटेपछि सयौँ घरहरू ध्वस्त भएका छन्। लाभाले घरहरू, स्कुलहरू र केरा घारीहरू ध्वस्त बनाएपछि करिब छ हजार मानिसलाई उद्धार गरिएको छ।

लाभा स्थानीय समय अनुसार मङ्गलवार ढिलो गरी महासागरमा पुगेको केनरी आइल्यान्ड्स भोल्क्यानिक इन्स्टिच्यूट इन्भोल्क्यानले ट्वीट गर्दै जनाएको छ।

समुन्द्र तटको केही क्षेत्र ध्वस्त हुने र त्यसले विस्फोटन पनि निम्त्याउन सक्ने त्रास छ।

तीनवटा तटीय गाउँहरूमा लाभाले स्थानीय पानीका स्रोत प्रदूषित पारिदिएको आशङ्कामा लकडाउन गरिएको छ।

स्पेनका अधिकारीहरूले सुदूर उत्तरी टापुमा ला पाल्मामा ज्वालामुखी विस्फोट भएपछि त्यसलाई प्राकृतिक प्रकोप क्षेत्र घोषणा गर्दै प्रभावित सबैलाई आर्थिक सहायता उपलब्ध गराउने बताएका छन्।